राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म बस्ने
खबर एक्सप्रेस
२०७८-०१-०६ ०५:१० मा प्रकाशित
Total Shares: 456
काठमाडौं - नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको वैशाख १० गते फेरि बस्नेगरि स्थगित भएको छ । सोमबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा अोलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ।
तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन्।
फेसबुक पेज Like गर्नुहोस