माधव नेपाललाई साथ नदिएका नेता र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति
काठमाडौं - माधव कुमार नेपाललाई साथ नदिएका एमाले नेताहरु र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ।
सोमबार ओली निवास बालकोटमा भएको छलफलमा १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको एक सहभागि नेताले जानकारी दिए । त्यसका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइएको छ ।
छलफलमा सबै पूर्ववत् जिम्मेवारीमा रहनेसमेत सहमति भएको छ । पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउने जिम्मा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको ती नेताले जानकारी दिए ।
मंगलबार बोलाइएको स्थायी कमिटी बैठकमा सो प्रस्ताव पेश हुनेछ । त्यससँगै केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशिल हुने बताइएको छ ।
छलफलमा ओली, पोखरेल, रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई र प्रदीप ज्ञवाली सहभागि थिए ।

.gif)


फेसबुक पेज Like गर्नुहोस