बालबालिकाका लागि थप २४ लाख मात्रा खोप आइपुग्यो
काठमाडौं - बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ५ देखि ११ वर्षसम्मका बच्चाहरुको लागि दिने २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।
यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए। खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ।
यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। सरकारले आफ्नो क्षमता अनुसार क्रमशः खोप मगाउने जाने उनले बताए। यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस