ओलीलाई स्वास्थ्य परीक्षणका लागि लगियो अस्पताल
काठमाडौं - नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ ।
शनिबार बिहान भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको थियो । त्यहीँबाट स्वास्थ्य अवस्था जाँच गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आवश्यक स्वास्थ्य परीक्षणपछि उनलाई पुनः प्रहरी परिसरमै फर्काइनेछ। आज शनिबार भएकाले थप अनुसन्धान प्रक्रिया आइतबारदेखि मात्रै अघि बढाइने छ ।
सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै ओलीलाई पक्राउ गरिएको हो। भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका बेला उनी प्रधानमन्त्रीको जिम्मेवारीमा थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस