काठमाडौं - महाशिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो ।

शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले बताए । उनका अनुसार एसपीको कमाण्डमा ३५ सय बढी प्रहरी परिचालन गरिने छ ।