काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा बिहीवार कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको छ । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ ।

साथै, सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । मनोरञ्जन रमण शर्माको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।