एभरेष्ट बैक र दराजबीच सहकार्य
काठमाडौं - एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ बाट दराजबाट किनमेल गर्दा कार्ड वहाकलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकले अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ ।
बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको पनि विज्ञप्ति मार्फत जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस