फेरि राजतन्त्र फर्किने सम्भावना छैन, गणतन्त्रवादीहरू एकताबद्ध छौं : केपी ओली
खबर एक्सप्रेस
२०८०-०९-१६ ०७:४३ मा प्रकाशित
Total Shares: 114
काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।
मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताए ।
नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको बताएका छन् । अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन राजननीतिक दलहरू सबै एक ठाउँमा रहेको बताए ।
फेसबुक पेज Like गर्नुहोस