काठमाडौं - सनराइज बैंक लिमिटेडले धनकुटाको वडा नं.५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवा सुरुवात गरेको छ ।

सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । विस्तारित काउन्टरको बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारी तथा केही स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म बैंकले १ सय ३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिग सेवा, १३ विस्तारित काउण्टर र १ सय ५८ एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।