काठमाडौं,पोखरा - पृथ्वीसुब्बा गुरुङ फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले नयाँ सरकारको लागि बहुमतसहितको दाबी पेश गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीका दुई प्रदेश सांसदले आफू तटस्थ रहेको बताएपछि बहुमत नपुगेको हो । त्यससँगै गठबन्धनको दावी अस्विकृत भएको हो ।

उनको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने कार्यक्रम रहेको छ ।