नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिकाे चौतर्फी आलोचना
ठमाडौं - नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिका कारण चौतर्फी आलोचना भएको छ । उनी मन्त्री भएको दिनमै विवादमा तानिएका छन् ।
शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन् । उनको यो अभिव्यक्तिलाई राजनीतिक दल तथा सामाजिक संजालमा आलोचना भएको छ ।
सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी गर्ने महतोका भनाई छ ।
‘अधिकार, पहिचान सुशासन र समृद्धिको सवाल पार्टीको एजेण्डा अगाडि बढाउने, बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यी काम पार्टीको एजेण्डा हो ।’ महतोले कार्यभार सम्हाल्दै भने, ‘पार्टीको एजेण्डा अगाडि बढाउदै जाने र विगतको आन्दोलनको माग मुद्दा सम्वोधनका लागि हामी सरकारमा सहभागि भएको हो’
उनले पार्टीको मुद्दाका लागि सरकारमा सहभागी भएको प्रस्ष्टाए । ‘संसद विघटनको मुद्दा सर्वोच्चमा छ, त्यो अदालतले हेर्दै गर्ला । हामी हाम्रो माग मुद्दाका लागि सरकारमा सहभागी भएका हौँ । मुख्य रुपले जनताको माग मुद्दाकै लागि सरकारमा सामेल भएका छौँ। त्यसैले अदालतले के फैसला हाम्रो सरोकारको विषय होइन, सरकारमा रहुञ्जेल माग मुद्दामा रहेर काम गछौं’ महतोले भने ।
जसपाको ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस