रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 12
काठमाडौं - काठमाडौं जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश श्री जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्माको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस