काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित परिषद कार्यालयमा मंगलबार बिहान ९ बजे बैठक बस्न लागेको हो । रक्षामन्त्रीको पदसमेत सम्हालेका ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बताएको छ । तर, यसलाई रक्षा सचिव रेश्मीराज पाण्डेले भने नियमित बैठक भनेका छन्  । 

सुरक्षा परिषद्मा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।