कपिलवस्तु - मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३ का २० वर्षिय पुरुष रहेका छन् ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ ।

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।