काठमाडौं,एजेन्सी - कोरोना संक्रमित थपिएपछि अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सिड्नी महानगरको सार्वजनिक यातायातमा आगामी ५ दिन अनिवार्य रुपले मास्क लगाउनुपर्ने भएको छ ।   सिड्नीको पूर्वी क्षेत्रमा कोरोना संक्रमित थपिएपछि राज्य सरकारले अनिवार्य रुपमा मास्क लगाउन भनेको हो ।

शुक्रबार अपराह्नबाट लागू हुने भएको हो । राज्यकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले कार्यालयमै भएका व्यक्तिहरुले पनि घर फर्किदा सार्वजनिक यातायातमा मास्क प्रयोग गर्न आग्रह गरेकी छिन् । 

यस्तै, राज्य सरकारले ईन्डोर भेन्यूहरुमा पनि मास्क अनिवार्य गरेको छ । स्वास्थ्य अधिकारीहरुले एज्ड केयर र डिसएविलिटी सेन्टरहरुमा सकेसम्म नजान जानै पनि मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।