व्यवसायी रुक्मशमशेर राणाको निधन
काठमाडौं - व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिवसमेत रहेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन् । रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।
भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन्।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् । राणाको आइतबार दाहसंस्कार गरिने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस