सिन्धुपाल्चोकमा बाढीको बितण्डा
काठमाडौं - सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।
साथै, बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको प्रहरीले जनाएको छ ।

घटना मंगलबार साँझ सात बजेको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको प्रहरीको भनाई छ । बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्याएको छ।
बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् ।

उनका अनुसार नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूलमा पनि क्षति पुर्याएको छ ।
सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने तामाङले बताए । उनले खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन अपिल गरेका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस