विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
खबर एक्सप्रेस
२०७७-१२-२० १२:३१ मा प्रकाशित
Total Shares: 506
काठमाडौं - सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।
फेसबुक पेज Like गर्नुहोस