काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको बताएका छन् । 

शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश भैरहेको बताएका हुन् । ‘सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो । तर, हामी फर्किन पनि सकिरहेका छैनौं । मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके ।’ उनले भने । आफूलाई अत्यन्त अप्ठेरो महशुस भएको उनको भनाई छ । 

नेता नेपालले आफूलाई कुनै दिन पार्टीबाट घोक्र्याएर निकाल्ने अवस्था आएपनि नडराउने बताएका छन् । ‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाएको छ। मलाइ कुन दिन घोक्र्याएर पनि निकाल्दिन सक्कलान। तर म डराउँदिन।’ उनले भने ।