झापा - जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कनकाई नगरपालिका ८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन् ।

स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाईछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले आइतबार एक घरमा छापा मारेको थियो।

त्यसपछि थापाका छोरा २२ वर्षीय सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद भएको थियो । 

घटनामा संलग्न सौगात हाल फरार रहेको र उनको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजवंशीलाई भने मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने बताइएको छ ।