पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने चार पक्राउ
खबर एक्सप्रेस
२०७६-११-१२ ११:०० मा प्रकाशित
Total Shares: 605
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झन्डा देखाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थी युनियनका युवाहरू रहेको प्रहरीले जनाएको छ ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि सम्वोधन गर्न सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई पोखरा सभागृह गेटबाहिर नेविसंघ र समाजवादीका युवाहरूले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।
उनीहरुले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुनु पर्ने, ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेललगायतलाई नेकपा सरकारले उन्मुक्ति दिएको भन्दै राजीनामा दिन समेत माग गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस