शुक्रबारबाट काठमाडौंमा निषेधाज्ञा कडा पारिँदै, खाद्यन्न अभाव हुन नदिने प्रशासनको भनाइ
काठमाडौं - शुक्रबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा पारिँदैछ। काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक साता निषेधाज्ञा कडा पार्न लागेको हो ।
यस अवधिमा प्रशासनले किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् । प्रशासनले माछा÷मासु, दूध, तरकारीलगायतका पसल भने बिहान ९ बजेसम्म पसल खोल्न दिने बताएको छ ।
तर, खाद्यान्न पसल नै बन्द गर्न लागेपछि प्रशासनको आलोचना भइरहेको बेला प्रशासनले केही नम्बरहरु उपलब्ध गराएको छ । सो नम्बरहरुमा सम्पर्क गरेर खाद्यान्न अर्डर गर्न सकिने प्रशासनको भनाई छ । कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

फेसबुक पेज Like गर्नुहोस