मिटरब्याजी शाहलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश
खबर एक्सप्रेस
२०७९-११-२१ ०७:४० मा प्रकाशित
Total Shares: 115
काठमाडौं-विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहलाई धरौटीमा छाड्न आदेश दिएको छ। सर्लाहीका कुख्यात मिटरब्याजी भनिएका शाहलाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आइतबार उक्त आदेश गरेको हो। सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए। त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो।
विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस