निर्वाचनमा सक्रिय सहभागिताका लागि प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरेकी छन् ।
शुक्रबार पोखरामा पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपतिसमेत रहेकी कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताइन् ।
यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि उनले सबैलाई आह्वान गरिन् ।
उनले भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन् ।
समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिइन् ।
विश्वविद्यालयहरूले नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको उनको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस