आजै प्रधानमन्त्री बन्दै बालेन, शीतल निवासमा शंखनाद
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नयाँ प्रधानमन्त्रीको रूपमा आज शपथ लिँदै छन् ।
बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार, अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।
शाहको शपथमा केही नयाँ र अनौठा अभ्यास हुने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो हुने शपथका लागि मञ्च पनि नयाँ बनाइएको छ । शीतल निवासको मूलढोका अगाडि रहेको मञ्चमा बालेनको शपथ हुने छैन । बालेनकै चाहनामा शपथका लागि उत्तरतर्फ फर्केको मञ्च बनाइएको छ । प्रधानमन्त्रीको शपथका बेला विभिन्न जातीय संस्कृति झल्किने कलाचित्र राखिने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस