ललितानिवास जग्गा प्रकरणः नेपाल र भट्टराई मन्त्रिपरिषदका निर्णय झिकाउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले मन्त्रिपरिषदका निर्णय झिकाउन आदेश दिएको हो ।
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका सरकारले ललितानिवासको जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्ने निर्णय गरेका थिए। नक्कली मोही खडा गरी व्यक्तिको नाममा पुर्याउने उनीहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दिएको रिटमाथि न्यायाधीश अनिल सिन्हा र हरि फुयाँलको इजलासले निर्णय झिकाउने आदेश गरेको हो।
वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा ललिता निवास प्रकणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस