कर्णाली प्रदेशः ‘फ्लोर-क्रस’पछि मन्त्री उपहार पाउनेहरुको सपथ आज
काठमाडौं - कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनियताको सपथ आज हुने भएको छ ।
नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्न लागेका हुन् । मुख्यमन्त्री शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
उनीहरुलाई साँझसम्म शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । शाहीको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो । जसमा एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । ज्वाला भने मन्त्री बनेका छैनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस