काठमाडौं - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले दाहाललाई पार्टी प्रवेश गराएका हुन् । 

विप्लव नेतृत्वको नेकपाले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएको थियो । सोही विज्ञप्तीपछि दाहाल कांग्रेसमा प्रवेश गरेका हुन् । विप्लव समूहले वार्ताको लागि प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताएको छ ।