काठमाडौं - सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । 

संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।