काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी पुगेका थिए।

साथमा पत्नी निकिता पनि छिन्। लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए।