अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
खबर एक्सप्रेस
२०७७-१०-२१ ०५:२२ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
प्रचण्डले विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाएर अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । उक्त सभामा प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गराउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेरै छोड्ने बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस