एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित, एकता जोगाउने कसरत
खबर एक्सप्रेस
२०७८-०२-२० ०२:४५ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - नेकपा एमालेले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।
स्थायी कमिटीको आठौँ बैठक गत १८ गते बसेको थियो । बैठकले पार्टी एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने निर्णय गरेको थियो । १२ जनालाई सोधिएको स्पष्टीकरण कार्यसूचीमा समेत राखेको थिएन ।
आज पनि एकता जोगाउनकै लागि बैठक सारिएको बताइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस