काठमाडौं-गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै प्रतिपक्षलाई नै प्रतिप्रश्न गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले गणेश नेपालीले आत्मदाहको प्रयास गरेलगत्तै आफू वीर अस्पताल पुगेको र उपचारमा कुनै कमी हुन नदिन सरकार पूर्ण रूपमा लागेको बताए।

उनले चिकित्सकको सल्लाहअनुसार नै उपचार अघि बढाइएको उल्लेख गर्दै गणेश नेपालीलाई भारत लगेर उपचार गराउने विषयमा पनि सरकारले गम्भीर प्रयास गरेको दाबी गरे।

'उहाँलाई उपचारका लागि भारत लैजान हामीले अथक प्रयास गरेका थियौं। तर चिकित्सकहरूको सल्लाहअनुसार उहाँलाई भारत लगिएन,' गृहमन्त्री गुरुङले भने।