पैदल हिंडेरै घर जान खोज्ने ४२ जना पक्राउ, क्वारेन्टाइनमा राखियो
बुटवल - लकडाउनका कारण रोकिएपछि हिंडेरै घर जान खोज्ने ४२ जनालाई नियन्त्रणमा लिइएको छ ।
बुटवलबाट पैदल हिंडेर कैलालीको टीकापुर जान लागेका उनीहरुलाई सेैनामैनामा स्थानीयले छेकेका थिए । बुटवलबाट उनीहरु लुक्लै छिप्दै त्यहाँसम्म पुगेका थिए । उनीहरु सबै लकडाउनका कारण काममा जान नपाएका मजदुरहरु बताएको बताइएको छ ।
स्थानीयले प्रहरीमा खबर गरेपछि नियन्त्रणमा लिएर ती सबैलाई मगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले सबैलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
उनले त्यसरी समूहमा हिंडेर जाँदा एकअर्कामा तथा उनीहरुबाट अरुमा संक्रमण हुने भएकाले रोकेर क्वारेन्टाइनमा राखिएको बताए । मजदुरहरुले लामो समय काममा जान नपाएको र भएको पैसासमेत सकिएकाले हिंडेरै घर जान चाहेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस