कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल
खबर एक्सप्रेस
२०७७-०२-०७ ०५:२८ मा प्रकाशित
Total Shares: 232
काठमाडौं - कोरोना संक्रमण पुष्टि भएका व्यक्ति बसोबास गरेकाले काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ। उनको मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
सडकमा डोरी टाँगेर आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ। ति संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्यको खोजी भइरहेको जनाइएको छ। ति व्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन समेत गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस