काठमाडौं - सरकारले कोरोना भाइरसको कारण रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको उपलब्ध गराउन वडास्तरीय समितिलाई निर्देशन दिएको छ ।

आइतबार गृहमन्त्री राम बहादुर थापा ꞌबादलꞌको अध्यक्षतामा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरेको हो । बैठकले राहत उपलब्ध गराउँदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारगरी २ समूहमा बाँडेको छ ।

'हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याकेज उपलब्ध गराउने । सहयोगको कम्बो प्याकेज बनाउदा प्रकारको बनाउने ।' विज्ञप्तीमा भनिएको छ ।