गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्।
एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।
त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए।
अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस