शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण
काठमाडौं - शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। यस अवधिमा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण भएको छ।
फेसबुक पेज Like गर्नुहोस