काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्न लागेका छन् ।

अहिलेको संकटको समाधानको विकल्पसहित विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालले बिहीबार संयुक्त मोर्चाको घोषणा गर्न लागेका हुन् ।

उक्त मोर्चाले काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेताहरु भने कार्यक्रममा नआउने बताइएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै हाल सत्तारुढ दल नेकपा भने दुई समूहमा विभाजित छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सरकारी कदमको बचाउ गर्दै आएको छ भने प्रचण्ड नेपाल पक्षले ओलीको कदमलाई प्रतिगामी कदमको संज्ञा दिएको छ।