काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँ तथा तेजावी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर छ ।