काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

नर्भिक अस्पतालमा उपचाररत खनाललाई स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि बुधबार दिउँसो थप उपचारको लागि दिल्ली लगिएको हो ।  खनाल नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक पनि दिल्ली गएका छन् । दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार हुनेछ । 

खनाललाई ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएको छ । जेठ ३१ गते उनी नर्भिकमा भर्ना भएका थिए । केही समयअघि नेता खनाल कोभिड–१९ संक्रमणमुक्त भएका थिए ।