बुटवलका मेयरमाथि मुक्का प्रहार
काठमाडौं, बुटवल - बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदीमाथि एक जना स्थानीय युवाले मुक्का प्रहार गरेका हुन्।
पहिरो गएको एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोशित युवाले मुक्का प्रहार गरेका हुन् । सो स्थानमा गत भदौ १३ गते बिहान पहिरो गएको थियो । पहिरोले झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।
स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस