काठमाडौं - पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७०  पुगेको छ । 

संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।