काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बुधबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।

आइतबार मध्यराति भारतबाट काठमाडौं फर्किएका लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित बूढानीलकण्ठ पुगेका थिए।

संवेदनशील सरकारी निर्णय, राजनीतिक नियुक्ति र अध्यादेशलगायत विषयमा छलफल गर्न दुई नेताबीच भेट भएको स्रोतको दाबी छ।