डा. केसीलाई भेट्न अस्पताल पुगे पूर्वराष्ट्रपति यादव
खबर एक्सप्रेस
२०७७-०६-१६ ०१:२१ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डा. केसीलाई भेटेका हुन्।
विश्व अहिंसा दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका डा.केसीलाई भेटेका हुन् ।
भेटमा सरकारले डा. केसीसँग संवाद गरेर उनका मागहरु सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवले आग्रह गरे । जुम्लाबाट अनसन सुरु गरेका डा. केसीलाई असोज ६ गते काठमाडौं ल्याइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस