काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको हो । 

गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम विवरण माघ २४ गतेसम्म पठाई सक्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।