काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

सोमबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो । 

भेटमा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन, एमाले अध्यक्ष केपी ओलीको गतिविधिबारे छलफल भएको बताइएको छ । 

एमाले अध्यक्ष ओलीले आइतबार  पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेका थिए