काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? 

अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।

भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ। 

अन्नपूर्ण पोस्ट् दैनिकबाट