काठमाडौं - प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेललाई पक्राउ गरेको छ।

आइतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष गजुेरलसहित मोर्चाका महासचिव परी थापा र नेता पवनमान श्रेष्ठलगायतलाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

सीमा अतिक्रमणको विरोधमा रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रहरीले हनुमानस्थानमा रोकेको थियो। त्यसक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा केही कार्यकर्ताहरु घाइते भएको थिए।