काठमाडौं, ललितपुर - लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुरको सूर्यविनायकमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सुविधा काउण्टरको उद्धघाटन गरेका हुन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदैँ लैजाने बताए ।

यस संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले जनाएको छ। सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा उपलब्ध गराएको संस्थामा ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाएको छ ।